नियम
समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कोषको रकम उपयोग गर्ने सम्बन्धमा वार्षिक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) स्वीकृत कार्यक्रमको लागि कोष परिचालन गर्ने, गराउने,
(ग) एकल महिलालाई कोषको रकम उपलब्ध गराउने सम्बन्धमा आवश्यक मापदण्ड बनाई लागू गर्ने,
(घ) स्वीकृत कार्यक्रम कार्यान्वयन भए, नभएको सम्बन्धमा अनुगमन गर्ने,
(ङ) एकल महिलाको क्षेत्रमा काम गर्ने निकाय तथा संस्थासँग समन्वय गर्ने,
(च) एकल महिलाको पहिचान सम्बन्धी आवश्यक मापदण्ड निर्धारण गर्ने,
(छ) एकल महिला सम्बन्धी अन्य काम गर्ने वा गराउने ।